तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २९ बैशाख । तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बुधबार ११ बजेर १५ मिनेटमा रुरु जलविद्युत परियोजना,बिशाल र बोटर्लस नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

रुरुको शेयर मूल्य ९.९७ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ६६ रुपैयाँ बढेर ७२८ रुपैयाँ पुगेको छ ।

त्यस्तै बोटर्लस नेपालको शेयर मूल्य १०प्रतिशत बढेर बढेर पोजेटिभ सर्किट लागेको हो । बोर्टस नेपालको शेयर मूल्य प्रतिकित्ता १००६ रुपैयाँ बढेर ११०७१ रुपैयाँमा कारोबार भैरहेको छ ।

लगातार चारदिन नेगेटिभ सर्किट लागेको बिशाल बजारको शेयर मूल्य ९.९९ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ । बिशार बजारको शेयर मूल्य ४८९ रुपैयाँ बढेर ५३८६ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here