‘प्रतिरक्षा प्रणाली बलियो बनाउन चिकेन सुप’

काठमाडौं । बिरामी भएको बेला प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । जसकारण शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुरामा जोड दिनुपर्ने हुन्छ ।

यस्तो समयमा पचाउन सजिलो हुने, पोषक तत्वले भरिएको खाना तथा धेरै मात्रामा तरल पदार्थ पिउन सुझाव दिइन्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र छिटो निको हुन पानीको मात्रा उच्च भएको खाद्य पदार्थको सेवन गर्न सिडिसीले सिफारिस गरेको छ ।

ज्वरोबाट ग्रस्त भएको बेला कुखुराको मासु खानु सुरक्षित हुन्छ । कुखुराको मासु प्रोटिन र फाइबरले भरिएको हुन्छ, जुन ज्वरो आएको बेला शरीरलाई चाहिने दुई अति महत्त्वपूर्ण पोषक तत्व हुन् । जसकारण ज्वरो आएको बेलामा चिकेन सुप (कुखुराको मासुको झोल) बनाएर खान उचित हुन्छ ।

तातो तरल पदार्थले शरीरलाई छिटो निको पार्न मद्दत गर्छ । साथै, कुखुराको मासुमा हुने प्रोटिनले शरीरलाई निको पार्नका लागि पर्याप्त उर्जा दिने गर्छ । चिकनसुप तरल पदार्थ र इलेक्ट्रोलाइट्सको स्रोत हो, जसले शरीरलाई हाइड्रेटेड राख्न सहयोग पु¥याउँछ ।

चिकेन सुप प्राकृतिक डिकन्जेस्टन्ट पनि हो जसले खोकीलाई कम गर्नुको साथै, बन्द भएको नाकलाई खोल्न मद्दत गर्छ । ज्वरो आएको समयमा चिकेन सुपको साथै चिकेन थुप्पा, ग्रिल्ड चिकेन, चिकेन सलादको पनि सेवन गर्न सकिन्छ । न्यूनतम तेल र मसला राखेर बनाएको कुखुराको मासुको सुपले बिरामी हुदा छिटो निको हुन सहयोग पु¥याउँछ ।

तर, कुनै पनि प्रकारका फ्राइड र वा धेरै मसला, तेल, क्रिमलगायत सामग्री राखेर बनाएको कुखुराको मासुको सेवनले निको हुने प्रक्रियामा बाधा पु¥याउने गर्न सक्छ । त्यस्ता मसला राखिएको खानालाई पचाउन गाह्रो हुन्छ । साथै यसले शरीरको प्रतोरोधात्मक क्षमतालाई बढाउनुभन्दा पनि शरीरलाई थप कमजोर गर्न सक्छ ।

ज्वरो आएको समयमा फ्राइ गरिएका, धेरै तेल वा मसला प्रयोग गरिएको कुखुराको मासुको सेवन गर्नु उचित हुँदैन । मासु नखाने मानिसले कनै पनि तरकारीको तातो सुप बनाएर खान सकिन्छ । सुपमा सिमी, दाल, आलु, ब्रोकाउली जस्ता अन्य प्रतिरक्षा–बढाउने खानालाई समावेश गरे अझ राम्रो हुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here