कारोबारको एक घण्टा: नेप्से सामान्य अंकले घट्यो, चार कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २९ बैशाख । साताको कारोबारको चौंथो दिन नेपाल स्टक एक्सेन्च ९नेप्से० पहिलो घण्टा १२ बजे सम्ममा २.४३ अंकले घटेको छ । यो सँगै परिसूचक २६७०.८९ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०३ कम्पनीको १८ लाख ५८ हजार ६४४ कित्ता शेयर १२ हजार ६२१ पटक खरिद बिक्री हुदाँ १ अर्ब ३१ लाख ७६ हजार ३६० रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ४ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । रुरु जलविद्युत परियोजना,बिशाल, समता घरेलु लघुवित्त र बोटर्लस नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

रुरुको शेयर मूल्य ९.९७ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ६६ रुपैयाँ बढेर ७२८ रुपैयाँ पुगेको छ ।

त्यस्तै बोटर्लस नेपालको शेयर मूल्य १०प्रतिशत बढेर बढेर पोजेटिभ सर्किट लागेको हो । बोर्टस नेपालको शेयर मूल्य प्रतिकित्ता १००६ रुपैयाँ बढेर ११०७१ रुपैयाँमा कारोबार भैरहेको छ ।

लगातार चारदिन नेगेटिभ सर्किट लागेको बिशाल बजारको शेयर मूल्य ९.९९ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ । बिशार बजारको शेयर मूल्य ४८९ रुपैयाँ बढेर ५३८६ रुपैयाँमा कारोबार भैरहेको छ ।

समता घरेलु लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँ बढेर १०६० रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here