हामीले लगाएको मास्क संक्रमणविरुद्ध प्रभावकारी छ कि छैन्, यसरी थाहा पाउनुहोस्

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा बढेको छ । संक्रमण दर बढ्दै गएपछि सरकारले अधिकांस जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको समयमा अतिआवश्यक काम बाहेक घरबाहिर नजान भनेको छ । जानै पर्ने अवस्थामा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र समय समयमा साबुन पानीले हात धुन पनि आग्रह गरिरहेको छ ।

भाइरसबाट बच्नका लागि प्रारम्भमा सिंगल मास्क लगाउने सल्लाह दिइएको थियो भने अहिले डबल मास्क लगाउन भनिएको छ ।

विज्ञहरुका अनुसार घरबाहिर भिडभाडमा जाँदा आफू संक्रमित हुन र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट बचाउन मास्कले केही हदसम्म सहयोग पुर्‍याउने काम गर्छ।

डबल मास्क किन आवश्यक छ ?

एउटा नयाँ अध्ययन अनुसार डबल माक्स वा फेस मास्क लगाउँदा कोभिड संक्रमित ब्यक्तिको थुकको छिटा वा थोपा छान्ने क्षमता लगभग दोब्बर हुन्छ ।

यसबाट संक्रामक भाइरसलाई नाक तथा मुख सम्म पुग्नबाट रोक्न सकिन्छ । यूएनसी स्कूल फर मेडिसिनका संक्रामक रोग सम्बन्धि एसोसिएट प्रोफेसर तथा अध्ययनकर्ता एमिली सिकबर्ट (बेनेट) काअनुसार चिकित्सकीय प्रयोजनका लागि बनाइएको मास्कमा छान्ने क्षमता तुलनात्मक रुपमा राम्रो हुन्छ ।

यद्यपि हामी जसरी लापरवाहीपूर्वक मुखमा मास्क लगाउँछौ त्यो सहि र सुरक्षित हुँदैन। अध्ययनले डबल माक्स लगाउँदा सर्जिकल मास्क माथि कपडाको मास्क लगाउन सुझाव दिएको छ ।

तपाइले लगाएको मास्क संक्रमणविरुद्ध प्रभावकारी छ ?

सर्जिकल मास्क एकमाथि अर्को गरि डबल नलगाउने र सर्जिकल मास्क माथिबाट कपडाको गुणस्तरीय मास्क लगाउने भनेको छ । यसक्रममा कपडाको मास्कले सर्जिकल मास्कलाई चारैतिरबाट राम्रोसँग छोपेको हुनुपर्छ ।

प्रकाश नछिर्ने मास्क ठीक हुन्छ । मास्क संक्रमणविरुद्ध कति प्रभावकारी छ त्यसको जाँच घर बसिबसी गर्न सकिन्छ । त्यसका लागि मास्कलाई प्रकाशको स्रोतको तल राख्नु पर्छ । यदि माक्सबाट प्रकाश वार-पार भएन भने बुझ्नु पर्छ त्यो सुरक्षित छ।

मास्क कसरी लगाउने र कसरी फुकाल्ने ?

मास्कको प्रयोग गर्दा सबैभन्दा पहिला राम्रोसँग साबुनपानीले हात धुनुपर्छ। धोएको हात सुकिसकेपछि प्याकेटबाट मास्क निकालेर मास्कको भित्रपट्टि नछोएरै दुईवटा डोरीको सहायताले लगाउनुपर्छ।

सर्जिकल मास्क हो भने मास्कको दोबारिएको तहलाई तलतिर पारी दुई हातले डोरी समाएर कानमा अड्काउनु पर्छ।

सामान्यतया तीन किसिमका मास्कहरु प्रचलनमा छन् ।

एन–९५ मास्क ।

यो मास्क यदि सहि तरीकाले लगाउने हो भने कोरोना संक्रमणबाट ९५ प्रतिशत सुरक्षा प्राप्त हुन्छ ।

सर्जिकल मास्क ।

यसले तपाईंलाई कोरोनाबाट बच्न केवल ५६ प्रतिशत सहयोग प्राप्त हुन्छ । त्यस्तै कपडाको मास्कले सबैभन्दा कम केवल ५१ प्रतिशत मात्र सुरक्षा प्रदान गर्छ । एन–९५ मास्कको उपयोग गर्ने अर्थात लगाउने व्यक्तिले डबल मास्क लगाउन आवश्यक छैन ।

कपडाको मास्क

कपडाको मास्क प्रयोग गर्दै हुनुहुन्छ भने डबल मास्क लगाउनु आवश्यक हुन्छ । यसको सही तरिका – पहिला सर्जिकल मास्क लगाएर त्यसमाथि कपडाको मास्क लगाउनु उपयुक्त हुन्छ । सर्जिकल मास्क कपडाको मास्क भन्दा कसिलो हुनु आवश्यक छ ।

यसो गर्दा भाइरसको संक्रमणबाट ८५ प्रतिशत सुरक्षा प्राप्त हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here