काठमाडौं, २९ बैशाख । शेयर बजार झिनो अंकले बढेको छ । बुधबार नेप्से ०.५६ अकले बढेर २६७३.८८ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ५ अर्ब ३२ करोड ४७ लाख २० हजार ६४० रुपैयाँ बराबरको १ करोड ४८ लाख ४८ हजार ७७८ कित्ता शेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १३ समूह मध्ये ७ वटाको परिसूचकमा हरियाली छाएको छ । भने ६ वटाको परिसूचक घटेको छ ।
कारोबारमा आएका १२ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । ४ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
झिनो अंकले बढेको बजारमा आज १० कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, बोटलर्स नेपाल र आँखुखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, आज विशाल बजार, रुरु जलविद्युत्, समता घरेलु लघुवित्त, खानीखोला हाइडोपावर, युनियन हाइडोपावर, एनआरएन इन्फ्रस्टक्चर, दिव्यश्वरी हाइडोपावर, युनिलिभर र जोशी हाइडोपारका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआडीसीएल २७ करोड र अपी पावर १४ करोड रुपैयाँको कारोबार सहित शीर्ष तीनमा रहे ।