देशभर ‘रेड अलर्ट’ घोषणा, सबैलाई समन्वयकारी भूमिका निर्वाह गर्न अपील

काठमाडौं, २९ बैशाख । नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।

कोरोना महामारी तीव्र गतिमा बढ्दै गएपछि संघले बुधबार एक विज्ञप्ति जारी गरी ‘रेड अर्लट’ घोषणा गरेको हो।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्ति कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपील गरिएको छ ।

दैनिक बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज समेतलाई सम्बोधन गर्दै अपीलमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका, गरिरहेने प्रतिबद्धता व्यक्त गरिएको छ ।

‘नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर “रेड अलर्ट” घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न अपील गरेका छौ अपीलमा भनिएको छ । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here