शोधनान्तर ५२ अर्ब ५४ करोड रुपैयाँ बचतमा

काठमाडौं, २९ बैशाख । शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा चालु खाता रु.२०७ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१२६ अर्ब ९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई रु.१२ अर्ब ८६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई रु.१२ अर्ब ३५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ४८ करोड रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here