७३ जिल्लामा निषेधाज्ञा, कहाँ आंशिक कहाँ पूर्ण ? (सूचीसहित)

फाइलफोटो

काठमाडौं, ३० बैशाख । पछिल्लो समयमा संक्रमित र मृतक संख्या बढेपछि सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

गृृह मन्त्रालयका अनुसार हाल देशका अधिकांस जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ७३ वटा जिल्लामा स्थानीय प्रशासनमार्फत निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ। तीमध्ये ६७ जिल्लामा जिल्लाभर र ६ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

भोजपुरमा गएरातिदेखि निषेधाज्ञा शुरु भएको छ भने मुस्ताङमा आज राति १२ बजेदेखि निषेधाज्ञा शुरु हुँदैछ । गृह मन्त्रालयका अनुसार मनाङ, रुकुमपूर्व, तेह्रथुम र खोटाङले निषेधाज्ञा लागू गरेका छैनन् । निषेधाज्ञाकै बीच सङ्क्रमण भने बढिरहेको छ ।

सरकारले पहाडी क्षेत्रमा २०० सक्रिय संक्रमित तथा शहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित पुगेमा निषाधाज्ञा गर्न सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएपछि निषेधाज्ञा लागु गर्ने जिल्लाको संख्या ७३ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले निषेधाज्ञाको अवधिमा खाद्य सामग्री, औषधि पसल, अत्यावश्यक सवारी साधनबाहेक अरु सेवा र व्यवसाय बन्द गर्ने निर्णय गरेको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र अरु अत्यावश्यक सेवा दिने कार्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

यस्ता कार्यालयमा काम गर्ने कर्मचारीले परिचयपत्र देखाएर ओहोरदोहोर गर्न पाउनेछन् । यस्तै अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने गाडी पनि चल्न पाउनेछन् ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गरिनेछन् ।

निषेधाज्ञा लागू भएका जिल्लाका विवरण :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here