काठमाडौं, ३० बैशाख । नेपाल टेलिकमले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा गिरावट आएको छ। यो वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २२ प्रतिशतले कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू। ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद नाफा गरेको थियो ।
गत वर्ष रू. ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार मात्र यो आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ ।
चुक्तापूँजीमा गत वर्षको तुलनामा कुनै परिवर्तन नभएको कम्पनीको जगेडा कोष रकम पनि करिब ८ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो ।
कम्पनीको कुल चालू सम्पत्ति रू. ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम रू. ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ६५३ दशमलव १० रहेको छ ।