११८६ बजार मूल्य रहेको आरएमडीसीको शेयर ४१६ रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, ३० बैशाख । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री खुल्ला गरेको छ ।

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख ५५ हजार ६९५ कित्ता संस्थापक शेयर बिहीवारदेखि लिलामीमा आएको हो । जसको मूल्य प्रति कित्ता रु ४१६ रुपैयाँ तोकको छ ।

कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयरमा कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरीदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १३ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

उक्त शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । बुधबारको कारोबार अन्त्यसम्मा आरएमडीसी लघुवित्तको शेयर ११८६ कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here