कारोबार खुले लगत्तै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ३० बैशाख । साताको अन्तिमदिनको कारोबार खुले लगत्तै तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहीबार ११ बजेर २ मिनेटमा रुरु जलविद्युत परियोजना, नारायणी विकास बैंक र बोटर्लस नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

रुरुको शेयर मूल्य ९.८९ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ७२ रुपैयाँ बढेर ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै बोटर्लस नेपालको शेयर मूल्य १० प्रतिशत बढेर बढेर पोजेटिभ सर्किट लागेको हो । बोर्टस नेपालको शेयर मूल्य प्रतिकित्ता ११०७ रुपैयाँ बढेर १२१७८ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै नारायणी विकास बैंकको ९. ७३ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ । नारायणीको शेयर मूल्य ६१ रुपैयाँ बढेर ६८८ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here