कारोबारको दुई घण्टा: १० कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट, ३ अर्बको कारोबार

काठमाडौं, ३० बैशाख । साताको कारोबारको अन्तिमदिन नेपाल स्टक एक्सेन्च (नेप्से) दोस्रो घण्टा १ बजे सम्ममा ९. ४८ अंकले घटेको छ । यो सँगै परिसूचक २६८३.३६ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०९ कम्पनीको १ करोड ८० हजार ८१४ कित्ता शेयर ३९ हजार ८५९ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ३२ करोड २९ लाख ६१ हजार १२५ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १० कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । दिब्यश्वरी जलविद्युत्त र समता लघुवित्तको शेयर १० प्रतिशत बढेको छ । रुरु जलविद्युत्त, जोशी लगायतको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here