बैंकले ५० हजारभन्दा कम डिपोजिट नलिने, यी ५ बाहेक अन्य सेवा कटौती

काठमाडौं, ३० बैशाख । निषेधाज्ञा अवधिभरका लागि बैंकले शाखाहरु मार्फत सीमित सेवा मात्र दिने भएको छ ।

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखाहरुमा भिड–भाड नगर्न तथा जोखिम कम गर्नका निमित्त सीमित सेवामात्र दिने निर्णय गरेको हो ।

नेपाल बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै वाणिज्य बैंकहरुबाट ५ प्रकारका अत्यावश्यक सेवामात्र प्रवाह गर्न सर्कुलर गरेको हो ।

त्यसमा खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै),रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि),विप्रेषण भुक्तानी, अन्तर्राष्ट्रिय व्यापार सेवाहरु सुचारु हुनेछन् ।

ऋण प्रवाह सम्बन्धी सबै सेवा बन्द गरिने संघले जनाएको छ । बैंकमा रकम जम्मा गर्ने निहुँमा सर्वसाधारण बाटोमा निस्कने गरेको पाइएपछि वाणिज्य बैंकहरुले कडाइ गरेका हुन् ।

ग्राहकले खाताबाट नगद झिक्ने पाउने छन् । तर खातामा नगद जम्मा गर्ने रकमको सीमा तोएिको छ । रु ५० हजार भन्दा बढी रकम भए मात्र निक्षेपको रुपमा स्वीकार गरिने बैंकहरुको साझा संस्था नेपाल बैंकर्स संघले जनाएको छ ।

डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने पनि बैंकर्स संघले जनाएको छ ।

बैंकहरुका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here