सीइडीबी हाइड्रोपावरको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाडौं, ३१ बैशाख । सीइडीबी हाइड्रोपावरको आइपीओ बैशाख ३१ गते बाँडफाँड गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गरेको हो ।

२ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । १४ लाख ५१ हजार ४३२ जनाको हात रित्तो भएको छ ।

सीइडीबीले वैशाख १७ गतेबाट २१ गतेसम्म कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।

जसमध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिने व्यबस्था थियो ।

आइपीओमा १७ लाख ३६ हजार ७०० जनाले २ करोड ६३ लाख ४५ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए ।

कहाँबाट हेर्ने रिजल्ट ?

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ३ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले मेरो सेयर, विक्री प्रबन्धक सनराइज क्यापिटल र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here