कोरोना नियन्त्रणमा गोरखाको सहिद लखन गा.पा ७ को फरक प्रयास, आइसोलेसन निर्माणमा जुटे युवा

गोरखा । गोरखामा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । बिहीबार मात्रै थप ६५ जनामा संक्रमण पुष्टी भएको थियो ।

कोरोनाको महामारी नियन्त्रणका लागि देशभरका विभिन्न स्थानीय तहले सरकारको नियमित कार्यक्रम बाहेक केही फरक प्रयास पनि गर्न थालेका छन् । त्यसैको उदाहरण हो गोरखाको सहिद लखन गाउँपालिका । स्थानीय तहको फरक प्रयासले विपदको यो घडीमा जनतालाई केही राहत दिने र कोरोनाको महामारीबाट बचाउने देखिन्छ ।

गाउँ गाउँमा कोरोनाको बिरामीहरु देखिएपछि गोरखाको सहिद लखन गाउँपालिका वार्ड नम्बर ७ ले आफ्नै सक्रियतामा कोरोना नियन्त्रण गर्ने प्रयास गरेको छ । अक्सिजनको अभाबमा नेपाली नागरिकले अकालमै ज्यान गुमाउदाको आफन्तको पिडा हेरेर सरकार मुक्दर्शक बनिरहेको बेलामा वडा नम्बर ७ का युवाहरुको पहलमा छोटो समयमा लाखौं रकम जम्मा गरेर कोरोना नियन्त्रण गर्न लागि परेका छन् ।

समिति नै बनाएर कोरोना नियन्त्रणको प्रयास

सहिद लखन गाउँपालिका वडा नम्बर ७ का सक्रिय युवाहरुको पहलमा समिति नै बनाएर रकम जुटाइरहेका छन् । आपतकालिन कोष आर्थिक समिति गठन गरेर कोरोना लाइ नियन्त्रण गर्न देश बिदेशमा बस्ने सहयोगी दाता हरु बाट संकलित रकमले विभिन्न स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने योजना बनाएका छन् । सोहि आर्थिक समितिका सल्लाहकारमा जिबन बहादुर आले मगर, गौतम प्रसाद खनाल लगाएत ९ जना रहेका छन् । त्यसैगरी कार्यकारी समितिमा प्रेम श्रेष्ठ को नेतृत्व मा ११ जनाले सहयोग संकलन गरिरहेका छन् ।

वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठ को बिशेष पहलमा सक्रिय युवाहरुले आर्थिक सहयोग जुटाइरहेका छन् ।

वडा अध्यक्ष श्रेष्ठले भने, ‘यो महामारीमा सरकार को मुख हेरेर बस्ने हो भने अकालमै हामीले पनि मृत्युबरण गर्न पर्ने अबस्था आउन सक्छ त्यसैले हाम्रै पहलमा आर्थिक अभियान चलाइरहेका छौं । आज सम्ममा हामीले लगभग ८ लाखको हाराहारीमा रकम जुटाइसकेका छौं र १/२ दिन भित्रै आबश्यक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने योजना छ ।’

‘बुंकोट स्वास्थ्य चौकी संचालन समिति एबम् सहयोग कमिटिका प्रतिनिधिहरु बसेर हिजो मात्र छलफल गरेर कोभिड आइसोलेशन सेन्टर बनाउने निर्णय गरेका छौं । कोभिड आइसोलेशन सेन्टर संचालनको लागि चाहिने आबश्यक सामाग्रीहरुको दर रेट पनि माग माग गरेका छौं । अक्सिजन सिलिन्डर देखि बेडहरु गरेर हामीले २४ प्रकारका सामान हरु खरिद गर्न लागेका छौं’ श्रेष्ठले भने।

यो अभियानलाइ सहयोग गरेर कोरोना नियन्त्रण गर्न सबैलाई सामाजिक संजाल मार्फत आग्रह गरेका छन् । आपतकालीन १० बेडको आईसोलेसन निर्माण अभियान अन्तर्गत हालसम्म ७,३९,५०४ संकलन भइसकेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

समितिका संयोजक प्रेम श्रेष्ठ भन्छन, ‘सरकार निदायो भन्दैमा हामि युवा हरु निदाउने कुरा आउदैन त्यसैले हामीले पहलकदमी लिएका हौं र यो अभियानमा जोडिन सबै वडा बासीहरुलाई आग्रह गरिराखेका छौं ।’

गाउँपालिकाको सहयोग निरन्तर रहन्छ : प्रशासकिय अधिकृत जिबन बहादुर आले मगर

सहिद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जिबन बहादुर आले मगरले भने, ‘कार्यालयको तर्फ बाट सबै वडाहरु लाइ आबश्यक सहयोग गरिराखेको र अझै योजना मुताबिक सबै संग समन्वय गरि अघि बढ्ने र यो महामारी मा जनस्तर बाट भएको कदम अत्यन्तै स्वागत योग्य छ । गाउँ पालिकाले पनि ७ वटा बेड सहित को आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ, र यसरि नै अरु वडामा पनि जनस्तर बाट पहलकदमी भैराखेको छ । यही रफ्तार मा हामि जाने हो भने हामीले बिरामीहरुको ब्यबस्थापन गर्न सकिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here