निषेधाज्ञाभर रोकियो वाणिज्य बैंकहरुको कर्जा प्रवाह

काठमाडौं, ३१ बैशाख । कोरोना संक्रमण बढ्दै गएपछि वाणिज्य बैंकहरुले निषेधाज्ञाभर कर्जा प्रवाह रोकेका छन् ।

कोभिड १९ को दोस्रो लहरले बैंकिङ क्षेत्र आक्रान्त बनाएपछि बैंकहरुले ५ प्रकारका सेवाबाहेक अन्य सबै सेवा रोकेका हुन् । उक्त कारण निषेधाज्ञाभर कर्जा प्रवाह पनि रोकिएको हो ।

वाणिज्य बैंकहरुका छाता संगठन नेपाल बैंकर्स संघले सर्वसाधारणमा कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती गरेको जनाएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित सेवामात्र दिने थालेका हुन् ।

तर, नियमित प्रकृतिका कर्जा प्रवाह सेवा भने बन्द भएको छ । कोरोना अवधिभर वाणिज्य बैंकहरुले खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण (चेक–आईपीएस–आरटीजएिस आदि), विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारको सेवामात्र दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here