सीइडीबी हाइड्रोको आइपीओ नतिजा हेर्नुभयो ? यी हुन् सजिलो ४ तरीका

काठमाडौं, ३१ बैशाख । सीइडीबी हाइड्रोपावरको आइपीओ बैशाख ३१ गते बाँडफाँड गरेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट आइपीओ बाँडफाँड गरेको हो ।

२ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले शेयर हात पारेका छन् । १४ लाख ५१ हजार ४३२ जनाको हात रित्तो भएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आइपीओको नतिजा हेर्न मिल्ने व्यवस्था भए पनि अहिले भने ४ ठाउँबाट मात्रै नतिजा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले मेरो सेयर, विक्री प्रबन्धक सनराइज क्यापिटल र सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन्

जस अनुसार सीइडीबी हाइड्रोको वेबसाइट https://www.chdc.com.np/ , बिकी प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/ बाट हेर्न सकिने छ ।

त्यस्तै सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आइपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । बेलुकासम्ममा नतिजा प्रकाशित हुने विक्री प्रबन्धकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here