साताको शेयर बजार: २८ अर्ब ६१ करोडको कारोबार हुँदा रोजाइमा ‘पुनर्बीमा’

काठमाडौं, ३१ बैशाख । धितोपत्र बजारमा यस साता २८ अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय २० वटा कम्पनीहरुको तीन लाख ३८ हजार दुई सय आठ पटकको कारोबारमा ६ करोड ७९ लाख ३७ हजार २८ कित्ता शेयर किनबेच भएको छ ।

कुल २८ अर्ब ६१ करोड ६४ लाख ११ हजार सात सय १३ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा कम हो ।

नेप्सेका अनुसार गतसाता दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा ७ करोड ५६ लाख ४ हजार ८ सय ९५ कित्ता शेयर किनबेच भएको थियो ।

त्यसबाट कुल ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ कारोबार भएको थियो ।

यो साता बढी रकम कारोबार गर्नेमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक आदि परेका छन ।

शेयर कारोवार भएका संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् ।

बजार पूँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु परेका छन् ।

यो साता सहारा बिकास बैंक, गणपती लघुबित्त बित्तीय संस्था, इन्फिनिटी लघुबित्त बित्तीय संस्था र प्राईम कर्मसियल बैंकको बोनस सेयर नियमित कारोवारका लागि नेप्सेमा सूचीकृत भएका छन् ।

यो साता नेप्से २६८४ १ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ४७९.५० अंकमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here