निषेधाज्ञामा मोटोपनले सताउला, यसरी रहनुहोस् फिट

काठमाडौं । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । यो केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्याका रूपमा रहेको गम्भीर चिकित्सकीय समस्या हो ।

कोभिड १९ को कारण निषेधाज्ञा, एकै ठाउँको बसाई , शारीरिक अभ्यास नगर्नु, धेरै खाना कम काम, प्रविधीसँग बढी नजिक हुनु, शरीरलाई चाहिनेभन्दा बढी आराम जस्ता कारणले यो अवधीमा अधिकांशले ‘वेट गेन’ अर्थात् तौल बढाउछ । यो अवस्थामा कसरी तौल नियन्त्रणमा ल्याउने भन्ने चिन्ता सबैमा हुन थालेको छ ।

तौल नियन्त्रणमा राख्नको लागि फ्याट फ्रि’ खाना खानु आवश्यक रहेको छ ।

रातमा खाना खाएपछि शान्त स्थानमा जानुहोस् । १० मिनेट हिडडुल गर्नुहोस् । यसो गर्दा स्पीड कम–धेरै गर्नुहोस् ।

१० मिनेट पश्चात कम्मरको भरमा जमीनमा बस्नुहोस् र घुडाँको भरमा विस्तारै बिस्तारै छातीको नजिक ल्याउने प्रयास गर्नुहोस् । यस एक्सरसाइजलाई ५ मिनेटसम्म गर्नुहोस् ।

महिनासम्म १५ मिनेट लगातार एक्सरसाइज गर्नुहोस् । यसपश्चात तपाईले समय पनि बढाउन सक्नुहुन्छ ।

मोटोपन कम गर्ने बेला प्रशस्त मात्रामा खान हुने खाद्यपदार्थ

– हरियो तरकारी, सलाद गाँजर, मुला, काँक्रो, टमाटर

– ताजा फलफूल (केरा आँप कम मात्रै)

– माछा

अन्य केहि उपयोगी टिप्स :

– नियमित व्यायाम गर्ने ।

– – एकसाथ धेरै खानेकुरा सेवन नगर्ने ।

– राती अबेरसम्म बसेर खाने बानी नगर्ने ।

– बोसोयुक्त, मसलेदार, तारेको, भुटेको खानेकुरा नखाने ।

– पैदल हिँड्ने बानी बसाल्ने ।

– राती चाँडै सुत्ने र बिहान चाँडै उठ्ने अभ्यास गर्ने ।

भुलेर पनि नखाऔँ यि चिजहरु

– गुलियो बिस्कुट, केक लगायतका बेकरी आईटम

– आइसक्रिम, चिनी, चकलेट, मिठाई, जाम

– घ्यू, तेलमा तारेका खानेकुरा

– धुम्रपान तथा मद्यपान(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here