थप ८५२० जनामा कोरोना पुष्टी, २०३ जना संक्रमितको मृत्यु

काठमाडौं, ३१ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८५२० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९४८ जनाको पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६१३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख २७ हजार ६५३ जना पुगेको छ । २०३ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ४६६९ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ७ हजार३३६ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here