राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३७.७ प्रतिशत, वृद्धिदर कुन प्रदेशको कति ?

काठमाडौं, ३१ बैशाख । राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३७.७ प्रतिशत रहने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्यांक बिभागले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।

उसका अनुसार प्रदेश १ को राष्ट्रिय अर्थतन्त्रमा हिस्सा १५.५५ प्रतिशत रहेको छ भने प्रदेश २ को १३.१३ प्रतिशत छ ।

गण्डकीको हिस्सा ८.७२ प्रतिशत भने लुम्बिनीको १३.९६ र र सुदूरपश्चिमको ६.८९ प्रतिशत छ भने सबैभन्दा कम कर्णालीको ४.३ प्रतिशत छ ।

बिभागका अनुसार गत आर्थिक वर्षको तुलनामा अर्थतन्त्रमा प्रदेशको हिस्सामा ठूलो फेरबदल आएको छैन ।

त्यसका साथै कोरोनाभाइरसको महामारीबाट जोगाउन गरिएको प्रयासबाट आर्थिक क्रियाकलापमा पर्न गएको नकारात्मक असरलाई पनि ध्यानमा राखेर आर्थिक वृद्धिको अनुमान गरिएको विभागको भनाइ छ ।

राष्ट्रिय जीडीपी भने यो वर्ष रु. ४२ खर्ब ६६ अर्ब पुग्ने अनुमान छ । त्यसमा बाग्मतीको जीडीपी रु. १६ खर्ब ७ अर्ब अर्ब रहने अनुमान छ भने कर्णालीको रु. १ खर्ब ७२ अर्ब रहने छ ।

बागमतीपछि सबैभन्दा ठूलो अर्थतन्त्र प्रदेश १ को छ । प्रदेश १ को अर्थतन्त्र चालु आर्थिक वर्षमा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।

प्रदेश १ को आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ऋणात्मक १.२ प्रतिशतबाट चालु आर्थिक वर्षमा ३.६ प्रतिशत हुने अनुमान छ ।

गण्डकी प्रदेशको कूल गार्हस्थ उत्पादनमा उपभोक्ताको मूल्य ३ खर्ब ७२ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा ८ दशमल ८ प्रतिशत योगदान हो।

लुम्बिनी प्रदेशको कूल गार्हस्थ उत्पादन ५ खर्ब ९६ अर्ब हुने अनुमान विभागको छ। प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत कायम भइ अर्थतन्त्रको आकार ५ खर्ब ६२ अर्ब रुपैयाँ पुग्ने केन्द्रीय तथ्यांक विभागको अनुमान छ ।

सुदूरप्रश्चिम सरकारको कूल गार्हस्थ उत्पादन उपभोक्ता मूल्य २ खर्ब ९४ अर्ब हुने अनुमान गरिएको छ। जुन राष्ट्रिय तहमा ७ प्रतिशत हो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here