तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीको पहुँच बाहिर

काठमाडौं, २ जेठ । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ९ महिनासम्मको तथ्यांक अनुसार कूल ७५३ मध्ये ३ स्थानीय तहमा अझै बैक विहिन रहेको हो ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनीको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

तथ्याङ्क अनुसार चैत महिनासम्ममा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।

२०७६ चैतसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए छ ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७चैत मसान्तमा १४० रहेको छ। यस मध्ये२७ वाणिज्य बैंक, १८विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ चैत मसान्तमा १०,५४६पुगेको छ ।

वित्तीय समावेशीताका लागिसमेत अनिवार्यरूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here