स्पेनिस ला लिगा : आज दशवटा खेल हुँदै, बार्सिलोना, रियल र एथ्लेटिको प्रतिस्पर्धामा

काठमाडौं । स्पेनिस ला लिगामा आज दसवटा खेल हुँदै छन् । आज हुने खेलहरू नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुनेछन् ।

आज लिग लिडर एथ्लेटिको मड्रिडले आफ्नै मैदान वान्डा मेट्रोपोलिटानोमा ओसासुनासँग खेल्दै छ । यस्तै, साविक विजेता रियल मड्रिडले एथ्लेटिक क्लबसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्दै छ ।

त्यसैगरी, बार्सिलोनाले क्याप नोउमा सेल्टा भिगोलाई निम्तो दिएको छ भने सेभिल्लाले भिल्लारियलसँग उसैको मैदानमा खेल्दै छ ।

ला लिगाको अन्त्यतिर उपाधि होड रोमाञ्चक बनेको छ । शीर्ष स्थानको एथ्लेटिकोसँग ८० अङ्क छ भने दोस्रो स्थानमा रहेका रियलसँग ७८ तथा तेस्रो स्थानको बार्सिलोनासँग ७६ अङ्क छ । यसैले पनि आजको खेलमा बराबरी वा पराजय हुनु यी तीनै टोलीका लागि महँगो सावित हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here