सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ जेठ । आइतबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार रहेको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्यपनि प्रतितोला २० रुपैयाँ बढेर प्रतितोला १३ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here