कारोबारको एक घण्टा: नेप्से २८.१४ अंकले बढ्यो, ५ कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, २ जेठ । साताको कारोबारको पहिलोदिन नेपाल स्टक एक्सेन्च (नेप्से) पहिलो घण्टा १२बजे सम्ममा २८.१४ अंकले घटेको छ । यो सँगै परिसूचक २७१२.२३ को बिन्दुमा पुगेको छ ।

कारोबारमा आएका २०४ कम्पनीको ५२ लाख ४१ हजार १०२ कित्ता शेयर ३० हजार ४०२ पटक खरिद बिक्री हुदाँ २ अर्ब ५९ करोड ४९ लाख ५५ हजार ३८९ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ५ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । रुरु जलविद्युत्को शेगर मूल्य १० प्रतिशत बढेको छ । समता लघुवित्तको, सप्तकोशी, शिखर लगायतको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here