निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने

काठमाडौं, २ बैशाख । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ ।

कोभिड-१९ को दोस्रो लहर बढेको भन्दै संघले आइतवार एक विज्ञप्ति जारी गर्दै सम्बन्धित बैंकलाई इमेलमार्फत मुद्दती खाता नवीकरण गर्न अनुरोध गरेको हो ।

यदि कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने समेत स्मरण गराएको छ ।

सामान खरिद गर्दा समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्यूआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघले आग्रह गरेको छ ।

बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भए बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here