शेयर बजारमा उछाल, नेप्से ५४ अंकले बढ्दा १० अर्ब ४० करोडको कारोबार

काठमाडौं, २ जेठ । शेयर बजारमा उछाल आएका छ । साताको कारोबारको पहिलोदिन नेप्से ५४.२६ अकले बढेर २७३८.३५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१४ कम्पनीको १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियालीे छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७९.७७ अंकले बढेको छ भने निर्जीवन बीमा ५२९.७२, विकास बैंक १११.३० अंकले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ८५ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै एनसीसी बैंक ३१ करोड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक २९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

कारोबारमा आएका ८ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । रुरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, शिखर इनस्योरेन्स कम्पनी, समता घरेलु लघुवित्त वित्तिय संस्था, प्रोग्रेशिभ फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, बरुण हाइड्रोपावर कम्पनी, आईएमई जनरल इन्स्योरेन्स, बिशाल बजार कम्पनी र सिन्धु विकास बैंक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here