नेप्सेमा ऐतिहासिक रेकर्ड, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, २ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सले २७३८ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि गत वैशाख २ गते नेप्सेले इतिहासकै सर्वाधिक २७३५ विन्दुको रेकर्ड बनाएको थियो ।

नेप्सेमा रेकर्ड बन्दा लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन पुनर्बीमा कम्पनीको शेयर परेको छ ।

त्यसदिन पुनर्बीमाको ८५ करोड २० लाख ३ हजार ७६१ रुपैयाँ बराबरको ५ लाख २१ हजार ७८८ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

एनसीसी बैंक कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन एनसीसीको ३१ करोड ५७ लाख ५८ हजार ३८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक शेयर परेको छ । त्यसदिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक २९ करोड ४९ लाख ९० हजार ४४६ शेयर खरिद–बिक्री भएको छ ।

कारोबारको चौंथो नम्बरमा एचआइडीसीको शेयर कारोबार भएको छ । एचआइडीसीको २५ करोड ७१ लाख १८ हजार ६९२ रुपैयाँको कारोबार भयो ।

कारोबारको पाँचौं नम्बरमा शिखर इन्स्योरेन्सको शेयर परेको छ । त्यसदिन शिखर इन्स्योरेन्सको २३ करोड ७५ लाख ३ हजार ८१४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

शेयर बजारमा उछाल, नेप्से ५४ अंकले बढ्दा १० अर्ब ४० करोडको कारोबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here