काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा सक्न निर्देशन

काठमाडौं, २ जेठ । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् ।

सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ ।

जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here