थप ७३६८ जनामा कोरोना पुष्टी, १४५ जना संक्रमितको मृत्यु

काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० जना पुगेको छ । पछिल्लो २४ घण्टामा ६६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ जना पुगेको छ । १४५ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ५०१ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ५३९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here