काठमाडौं । प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्न अनुमति माग्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत् कम्पनीले सर्वसाधरणमा शेयर जारी गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएक हुन् ।
धितोपत्र बोर्डका अनुसार मानुषी लघुवित्तले वैशाख १३ गते र दोर्दी खोलाले वैशाख २१ गते बोर्डमा निवेदन दिएका हुन् ।
मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ जारी गर्न अनुमति मागेको हो ।
यसैगरी, दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमै २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्काशन गर्न माग गरेको हो ।
बोर्डबाट अनुमति पाएपछि आइपीओ निष्काशन प्रक्रिया अगाडि बढाइने दुवै कम्पनीले जनाएका छन् । आइपीओ जारी गर्न यसअघि नै दुवै कम्पनीले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् ।
मानुषीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड र दोर्दी खोलाले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशक तथा विक्री प्रबन्धकमा नियुक्त गरेका छन् ।