घरेलु मैदानमा हारेसँगै बार्सिलोनाको ला लिगा उपाधि यात्रामा पूर्णविराम

काठमाडौं, ३ जेठ । बार्सिलोना ला लिगाको उपाधि दौडबाट बाहिरिएको छ । ३७ औं खेलमा घरेलु मैदान क्याम्प नोउमा सेल्टा भिगोसँग पराजित हुँद‍ा बार्सिलोनाको यो सिजनको ला लिगा उपाधि यात्राबाट बाहिरिएको हो ।

गएराती भएको लिगको खेलमा सेल्टा भिगोसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।

यस खेलमा बार्सिलोनाका लागि लियोनेल मेसीले खेलको २८औ मिनेटमा शुरुवाती गोल गर्दै अग्रता लिएको भएपनि सेल्टाले कमब्याक गर्दै खेलको ३८औ र ८९औ मिनेटमा गोल गरेर बार्सिलोनालाई पराजित गरेको थियो ।

सेल्टाका लागि दुवै गोल सान्ती मिनाले गरेका थिए । यस खेलमा बार्सिलोनाका क्लेमेन्ट लेंगलेटले खेलको ८३ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो हार पछि बार्सिलोनाको लिगमा ३७ खेलमा ७६ अंक मात्र रहेको छ भने उपाधि दौडबाट एक खेल अघि बाहिरिएको छ ।

अब ला लिगाको उपाधि दौडमा एटलेटीको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् । अब लिगको अन्तिम खेल नै निर्णायक हुने भएको छ ।

एटलेटिकोको ३७ खेलमा ८३ अंक रहेको छ भने रियल म्याड्रिडको ३७ खेलमा ८१ अंक रहेको छ । गएराती खेलमा लिगको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले पनि जित निकाल्दै उपाधि यात्रालाई झन् बलियो बनाएको छ।

एट्लेटिकोले घरेलु मैदानमा ओसासुनामाथि अप्रत्यासित जित निकाल्न सफल भयो।

७५ औं मिनेटमा गोल खाएर पछि परेको एट्लेटिकोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल उल्ट्याउन सफल भयो। उसका लागि लेमन रोडीले ८२ औं तथा लुइस स्वारेजले ८८ औं मिनेटमा गोल गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here