सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ जेठ । सोमबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ३०० रहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्यपनि प्रतितोला ५ रुपैयाँ बढेर प्रतितोला १३ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here