बार्सिलोनाको महिला टोलीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । बार्सिलोनाको महिला टोलीले च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति चेल्सीमाथि ४–० गोलको शानदार जित निकाल्दै उपाधि पक्का गरेको हो ।

स्वीडेनमा बार्सिलोनालाई जिताउन एलेक्सिया पटेलास, आइतना बोनमती र कारोलिन ग्राहम हान्सेनले समान एक–एक गोल गर्दा एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । चेल्सीकी मेलानी लेपल्जले आत्मघाती गोल गरिन् ।

बार्सिलोनाले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग ४–१ ले पराजित भएको थियो ।

चेल्सी भने पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here