नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीको शेयर मूल्य उच्च वृद्धि

काठमाडौं, ३ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड बनाएको थियो ।

साताको कारोबारको दोस्रो दिन नेप्से २०.७१ अकले बढेर २७५९.२२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २१८ कम्पनीको ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १० समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी ३ वटाको परिसूचक ओरोलो लागेको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ११८.३९ अंकले बढेको छ भने उत्पादनमूलक समूह ४३.५६ अंकले घटेको छ ।

कारोबारमा आएका ११ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । रुरुको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६६ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा नेपाल टेलिकम ४२ करोड र शिखर इन्स्योरेन्स ३१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

धेरै कमाउने समता घरेलु लघुवित्त वित्तिय संस्था, राधी विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेशिभ फाइनान्स कम्पनी, गुरास लघुवित्त वित्तिय संस्था रहेका छन् ।

त्यस्तै बरुण हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, नेपाल फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ककनीखोला हाइड्रोपावर कम्पनी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here