यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, कुनको कारोबार कति ?

काठमाडौं, ३ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

नेप्सले २७५९ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि आइतबार नेप्सेले इतिहासकै सर्वाधिक २७३८ विन्दुको रेकर्ड बनाएको थियो ।

नेप्सेमा रेकर्ड बन्दा लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा यस दिन पुनर्बीमा कम्पनीको शेयर परेको छ ।

त्यसदिन पुनर्बीमाको ६६ करोड १ लाख ८१ हजार ६८७ रुपैयाँ बराबरको ३ लाख ९८ हजार ३०८ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेपाल टेलिकमको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नेपाल टेलिकमको ४२ करोड ६९ लाख ९० हजार ४१० रुपैयाँ बराबरको ३ लाख ८ हजार ८८० शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा शिखर इन्स्योरेन्सको शेयर परेको छ । त्यसदिन शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख ३५ हजार ३ रुपैयाँ बराबरको १ लाख४१ हजार ५५१ कित्ता शेयर खरिद–बिक्री भएको छ।

कारोबारको चौंथो नम्बरमा अरुण काबेली पावरको शेयर कारोबार भएको छ । अरुणको २५ करोड १८ लाख ९३ हजार ८ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको पाँचौं नम्बरमा अपर तामाकोशीको शेयर परेको छ । त्यसदिन अपरको २१ करोड ५३ लाख ८ हजार ८४७ रुपैयाँ बराबरको २ लाख ५६ हजार ८५६ शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here