थप ९२४७ जनामा कोरोना पुष्टी, २१४ जना संक्रमितको मृत्यु

काठमाडौं, ३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन परीक्षणमा ९२४७ जनालाई संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५७६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ जना पुगेको छ । २१४ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मृत्यु हुनेको संख्या ५२१२ पुगेको छ। संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here