‘संक्रमण जति घट्नुपर्ने हो, त्यति हटेन् अझै केही हप्ता चुनौतीपूर्ण’

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुने दर पुनः बढेको छ ।

विगत तीन दिन यता केही घटेको यो दरमा सोमबार भने बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ९२४७ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमणदर बढेसँगै मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने जनाकारी दिएको छ ।

सहप्रवत्ता डा. समिर अधिकारीले सोमबार सूचना प्रकाशित गर्दै अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेका हुन् ।

निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन र एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न सूचनामा भनिएको छ।

विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको, मानिसको आवत-जावतमा ५९ प्रतिशत मात्र कमी भएको मन्त्रालयले जनाएको छ ।

साथै, सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here