कारोबारको एकघण्टा: नेप्सेले बनायो ऐतिहासिक रेकर्ड, ११ कम्पनीमा पेजेटिभ सर्किट

काठमाडौं, ४ जेठ । साताको कारोबारको तेस्रो दिन नेपाल स्टक एक्सेन्च (नेप्से) एकघण्टा १२ बजे सम्ममा १३.१६ अंकले बढेको छ । यो सँगै परिसूचक २७७२.३८ को बिन्दुमा पुगेको छ ।

नेप्सले २७७२ विन्दु नै हालसम्मको नयाँ रेकर्ड हो । यसअघि सोमबार सर्वाधिक २७५९ विन्दुको रेकर्ड बनाएको थियो । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

मंगलबार कारोबारमा आएका १९९ कम्पनीको ५७ लाख ३८ हजार ५०९ कित्ता शेयर २७ हजार ६५३ पटक खरिद बिक्री हुदाँ २ अर्ब ४० करोड ५५ लाख ५३ हजार ६३४ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ११ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । रुरु जलविद्युत्को शेयर मूल्य १० प्रतिशत बढेको छ । नेपाल फाइनान्सको शेयर ३६ रुपैयाँ ३९७ रुपैयाँमा कारोबार भैरहेको छ ।

राधिको शेयर ७७ रुपैयाँ बढेर ८५१ रुपैयाँमा कारोबार भैरहेको छ । रुरुको शेयर ९६ रपैयाँ बढेर १०६४ रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्य कम्पनीको शेयर मूल्यपनि ९ प्रतिशतको हाराहारीमा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here