शेयर बजारमा एकैदिन दुई नयाँ रेकर्ड, ३४ कम्पनीको मूल्य उच्च वृद्धि

काठमाडौं, ४ जेठ । शेयर बजारमा नयाँ ऐतिहासिक रेकर्ड बनेको छ । मंगलबार नेप्से परिसूचक र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको छ । नेप्सेले हालसम्मकै सर्वाधिक विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको छ ।

नेप्सले २७९३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । यसअघि सोमबार नेप्सेले इतिहासकै सर्वाधिक २७५९ विन्दुको रेकर्ड बनाएको थियो । कारोबारमा पनि नयाँ रेकर्ड बनेको कारोबार रकम ११ अर्ब नाघेको छ ।

साताको कारोबारको तेस्रो दिन नेप्से ३४.५९ अकले बढेर २७९३.८१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २१५ कम्पनीको ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९१ रुपैयाँ बराबरको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ समूहको परिसूचकमा हरियालीे छाएको छ । भने बाँकी १ वटाको परिसूचक ओरोलो लागेको छ ।
कारोबारमा आएका ३५ कम्पनीको लगानीकर्ता मालामाल भएका छन् । ११ कम्पनकिो शेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्यको ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ६९ करोड ९२ लाख ९९ हजार ७५५ रुपैयाँ बढीको कारोबार भएको छ ।

सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर कम्पनी, होटल र फाइनान्स कम्पनी रहेका छन् ।

आज घलेम्दी, हिमाल दोलखा, नेशनल, शिवश्री हाइड्रोपावर, कालिका पावर, समता घरेलु लघुवित्त, ओरेन्टल होटल, सोल्टी होट, मिथिला लघुवित्त, विशाल बजार कम्पनी र बेस्ट फाइनान्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, नेपाल फाइनान्स, तारागाउँ होटल, राधि विद्युत् कम्पनी, नेशनल हाइड्रोपावर, रुरु जलविद्युत्, युनाइटेड इदीमार्दी हाइड्रोपावर, युनिभर्सल पावर, प्रोग्रेसिभ फाइनान्स, बुटवल पावर, सिनजी डेभलपमेन्ट कम्पनी, गडविल फाइनान्स र रिडि हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसैगरी, मल्टी प्रपोज फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, जानकी फाइनान्स, खानीखोला हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, पञ्चकन्यामाइ हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here