शेयर ऋणमा पुरानै ब्यवस्थालाई निरन्तरता

काठमाडौं, ४ जेठ । राष्ट्र बैंकले शेयर ऋणमा पुरानै ब्यवस्थालाई निरन्तरता दिएको छ।

राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा शेयर ऋणमा पुरानै ब्यवस्थालाई निरन्तरता दिएको हो ।

शेयरको धितोमा प्रवाह हुने मर्जिन प्रकृतिको कर्जाको धितो बापत शेयर मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औषत वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको आधारमा गणना गर्ने ब्यवस्था मिलाइने छ ।

यसको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने ब्यवस्थालाई निरन्तरता दिइएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here