विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने राष्ट्र बैंकको अनुमान

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरेको छ ।

मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहेपनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान गरेको हो ।

पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ ।तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित प्रतिवेदनमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here