अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगले आधार दरमै ऋण पाउने

काठमाडौं, ४ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले अक्सिजन प्लान्ट स्थापना गर्ने उद्योगलाई आधार दरमा नै कर्जा प्रवाह गर्नुपर्ने भएको छ।

मंगलवार सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनमा उक्त व्यवस्था गरेको हो । उक्त पुनर्कर्जाको ब्याज दर एक प्रतिशत छ। कोभिडलाई लक्षित गर्दै राष्ट्र बैंकले मौद्रिक समीक्षा गरेको हो।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

पुँजीकरणको लागि यस बैंकबाट स्वीकृती प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको Required Commercial Operation Date परिवर्तन भएमा सो अबधिको ब्याज पुँजीकरण गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने प्रतिवेदनमा जनाएयको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छुट्याएको कोषको रकम हालको विषम परिस्थितिलाई दृष्टिगत गरी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here