कोभिडले लक्षित ४ प्रतिशतको आर्थिक वृद्धि नहुने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं ४, बैशाख । कोभिड १९ को दोस्रो लहरको संक्रमण तिब्र बनेकाले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार अर्थिक वृद्धि नहुने राष्ट्र बैंकले जनाएको छ ।

कोभिडको दोस्रो लहरले अर्थतन्त्र धेरै प्रभावित भएकाले चालु आर्थिक वर्षमा लक्षित आर्थिक वृद्धिदर प्राप्तिमा कठिनाइ हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ।

यसअघि कोभिड–१९ को पहिलो लहरको संक्रमण कम भएकाले अधिकांश आर्थिक गतिविधि चलायमान हुन थालेका थिए । यसै परिप्रेक्ष्यलाई मध्यनजर राखेर केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान गरेको हो ।

तर, कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्र प्रभावित हुन गई अनुमानित आर्थिक वृद्धि हासिल गर्न समेत कठिन हुने देखिएको राष्ट्र बैंकले जनाएको छ ।