शेयर बजारमा रेकर्डै-रेकर्ड, यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, ४ जेठ । शेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता आइतबारदेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेले आज पनि ऐतिहासिक रेकर्ड बनाएको हो ।

आज एकैदिन ४ वटा नयाँ रेकर्ड बनेका छन् । मंगलबार नेप्से इतिहासकै उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको छ ।

नेप्सले २७९३ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । एकैदिन सर्वाधिक कारोबार, सर्वाधिक कित्ता शेयर कारोबार र हालसम्मकै धेरै बजार पूँजीकरण रेकर्ड पनि आजै बनेको छ ।

नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि नयाँ रेकर्ड बनाएको छ । एकै दिन झन्डै ११ अर्ब ३५ करोडको कारोबार हुँदै नयाँ कीर्तिमान बनाएको हो ।

यसअघि गत वैशाख २१ गते हालसम्मकै सर्वाधिक १० अर्ब ६१ करोडको कारोबार भएको थियो । त्यस्तै आज एकै दिन २ करोड ३१ लाख बढी कित्तासेयर कारोबार भएको छ । यो हालसम्मकै सर्वाधिक हो ।

नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन बजार पूँजीकरणमा पनि नयाँ रेकर्ड रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको पूँजीकरण ३८ खर्ब ७८ अर्ब पुगेको छ । यो हालसम्मकै धेरै र देशको जीडीपीभन्दा पनि धेरै हो ।

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा पुनर्बीमा कम्पनीको शेयर परेको छ ।

त्यसदिन पुनर्बीमाको ६७ करोड ९२ लाख ९९ हजार ७५५ रुपैयाँ बराबरको ४ लाख ५ हजार ७४० कित्ता शेयर खरिद–बिक्री भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन नेशनल लाइफको ३१ करोड ५६ लाख ५२ हजार ५६२ रुपैयाँ बराबरको २ लाख ५२ हजार ५४३ शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा अरुण काबेली पावरको शेयर कारोबार भएको छ । अरुणको ३१ करोड ४३ लाख ७६ हजार ५५३ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको चौथो नम्बरमा आइएमई जनरल इन्स्योरेन्सको शेयर परेको छ । त्यसदिन आइएमई जनरल इन्स्योरेन्सको ३० करोड ८४ लाख ४६ हजार ३९९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौं नम्बरमा नागरिक लागानीकोषको शेयर परेको छ । त्यसदिन लगानीकोषको २७ करोड ६६ लाख ६७ हजार ७८३ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here