नेपालमा कोरोनाको तीन भेरियन्ट रहेको पुष्टी, सबै उमेर समूहलाई जोखिमपूर्ण

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को थप नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ ।

मन्त्रालयले कोरोना संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयनमा भएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको जनाएको छ ।

आजको आएको नतिजाअनुसार ९७ प्रतिशत (३४) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो । यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्टल रहेको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यो दुवै भेरिएन्ट भारतमा पहिलो पटक भेटिएको थियो ।

‘विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ मे १० मा यो नयाँ भेरिएन्टलाई विश्वव्यापी भेरिएन्ट अफ कन्सर्न भनी घोषणासमेत गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ ।

यो नयाँ भाइरसले सबै उमेर समूहमा धेरै सङ्क्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरूले पुष्टि गरेकोसमेत मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here