काठमाडौं, ५ जेठ । लमजुङ केन्द भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।
भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।