कोरोना संक्रमितको लागि १७ हजार बेड, ६ सय भेन्टिलेटर (सूचीसहित)

काठमाडौं, ५ जेठ । सरकारले कोरोना संक्रमितलाई देशभरको कोभिड-१९ डेडिकेटेड अस्पतालबाट सेवा दिइरहेको छ ।

यसबाट गम्भीर अवस्थाका बिरामीको समयमै उपचार हुने र सामान्य अवस्थाकालाई घरैमा राखेर उपचार गर्न सजिलो हुने मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो। अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्।

सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो भने अहिले देशैभर निषेधाज्ञा भइरहेको छ ।

संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्। नयाँ व्यवस्थाअनुसार संक्रमित पुग्नुपर्नेछ। यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो।

डेडिकेटेड अस्पतालमा १७ हजार बेडको व्यवस्था गरेको छ । हालसम्म तीन सय ८६ वटा कोभिड उपचार केन्द्र रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संक्रमितको उपचारका लागि दुई हजार ५ सय एचडीयू बेड, १ हजार ९ सय ९९ आइसीयू बेड र ६ सय भेन्टिलेटरको व्यवस्था गरिएको कार्यालयका प्रवक्ता किरणराज शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।

उपचारका लागि २२ लाख ५९ हजार एक सय ५८ मेडिकल उपकरण र ५३ हजार १ सय २४ औषधि आयात भएको छ ।

त्यस्तै पछिल्लो समय हाहाकार भएको अक्सिजको पनि सहज हुँदै आएको छ । स्थानीय प्रशासनले हालसम्म ८९०९ सिलिण्डर विभिन्न स्रोतबाट संकलन गरि विभिन्न अस्पताललाई वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here