लमजुङ केन्द्रबिन्दु भएर लगातार दुईपटक भूकम्प

काठमाडौं, ५ जेठ । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ । उक्त ठाउँलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो।

भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here