निर्धन उत्थान लघुवित्तको शेयर ५५० रुपैयाँमा किन्ने अवसर !

काठमाडौं, ५ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको संस्थाप समूहको (प्रमोटर) १ लाख बढी कित्ता सेयर जेठ १३ गतेदेखि लिलामीमा आउने भएको छ ।

लघुवित्तले संस्थापक समूहको १ लाख ५ हजार ५९२ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो । लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ५५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

कम्पनीको लिलामी सेयरमा जेठ २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लिलामी सेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरु र सर्वसाधरणले समेत आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here